१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 11 June, 2025
बर्दिया प्रकाश पौडेल
Invalid date format o९:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
बर्दिया प्रकाश पौडेल
नयाँ पत्रिका प्रकाश पौडेल
Invalid date format o९:२३:oo

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले ब्राउन सुगरसहित मधुवन नगरपालिकाका २६ वर्षीय सुरज सुनार, २७ वर्षीय समित विक र बाँके  बैजनाथ गाउँपालिका– ४ का २२ वर्षीय पारस थारूलाई आइतबार पक्राउ गरेको हो।  

प्रहरीले कण्ठपुरमा गस्ती गर्ने क्रममा बागमती प्रदेश ०२०५५ प ७८५१ नम्बरकाे मोटरसाइकलचालक सुनार र मोटरसाइकलमा बसेका  विकबाट एक ग्राम २२० मिलिग्राम लागुऔषध ब्राउन सुगर तथा थारूको साथबाट एक  ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब प्रहरी उपरीक्षक चक्रबहादुर डम्बरपालले बताए। 

पक्राउ परेको तीनैजनालाई सोमबार अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी अनुसन्धान भइरहेको छ ।