प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। सवा ३ बजेलाई तोकिएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको हो।
यसअघि दिउँसो १ बजेलाई तोकिएको बैठक ‘विशेष कारण’ भन्दै संसद सचिवालयले सवा ३ बजेलाई सारेको थियो। आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाइरहेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक विवादमा तानिएपछि करिब दुई सातादेखि संसद् अवरुद्ध हुँदै आएको छ।अख्तियारको छानबिनमा हस्तक्षेप नहुने गरी उच्चस्तरीय छानबिन समिति बनाउने रास्वपाको मध्यमार्गी प्रस्तावमा पनि सत्तापक्ष सहमत नहुँदा आज पनि संसद अघि बढ्न सकेको छैन।