Skip This
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनबारे छलफल गर्न लेखा समितिले डाक्यो बैठक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
समाचार डिजिटल संस्करण

पोखरा विमानस्थलको छानबिन प्रतिवेदनबारे छलफल गर्न लेखा समितिले डाक्यो बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

संसद्को सार्वजनिक लेखा समितिको बैठक भोलि बुधबार १ बजेलाई डाकिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनबारे छलफल गर्न बैठक डाकिएको समिति सचिवालयले जनाएको छ।

यसअघि २१ वैशाखको बैठकमा सभापति ऋषिकेश पोख्रेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि सांसदहरूलाई वितरण गरेका थिए। भोलिको बैठकमा सांसदहरूले प्रतिवेदनबारे विस्तृतमा राय दिएपछि आवश्यक निर्णय लिने समितिको तयारी छ।

लिङ्देन नेतृत्वको समितिले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनमा १४ अर्ब लागतको विमानस्थल २२ अर्ब रुपैयाँमा निर्माण गरी सोझै अनियमितता गरेको उल्लेख छ।

विमानस्थल निर्माण कार्यमा संलग्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित विमानस्थल आयोजना प्रमुख बिनेस मुनाकर्मी, निर्देशकद्वय चाँदमाला श्रेष्ठ र बाबुराम पौडेल, इन्जिनियर प्रविन न्यौपाने, सो परियोजनाको प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल तथा पूर्वमहानिर्देशकहरू संजीव गौतम र राजन पोखरेललाई कारबाही गर्न सिफारिस गरिएको छ।

महानिर्देशक अधिकारीसहितका बहालवाला कर्मचारीलाई तत्काल निलम्बन गरी छानबिनको दायरामा ल्याउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ।