Skip This
९० सालको भूकम्पमा भत्किएको ऐतिहासिक भाइदेग मन्दिरको छानोमा झिँगटी लगाइँदै (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
Invalid date format १४:o४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

९० सालको भूकम्पमा भत्किएको ऐतिहासिक भाइदेग मन्दिरको छानोमा झिँगटी लगाइँदै (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o४:oo

१९९० सालको भूकम्पमा भत्किएको ऐतिहासिक भाइदेग मन्दिरको छानोमा झिँगटी लगाइँदै छ। यो मन्दिर करिब १० वर्षअघि निर्माण सुरु भए पनि विवाद र आर्थिक समस्याका कारण पुनर्निर्माण हुन सकेको थिएन।

केभिपिटीको प्राविधिक सहयोगमा सम्पदा संरक्षण समूहले मन्दिर पुनर्निर्माण गरेको हो। यो मन्दिर निर्माणका लागि ललितपुर महानगरपालिका, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नर्वेजियन एम्बेसीले आर्थिक सहयोग गरेका छन्। भाइदेग मन्दिर काष्ठकला, स्टा र माटोलगायत सामग्रीको प्रयोगबाट निर्माण गरिएको छ। सम्पदामा अन्य कंक्रिट वस्तु भने मिसाइएको छैन ।

यो मन्दिर पाटनका तत्कालीन राजा श्रीनिवास मल्लका पालामा निर्माण भएको मानिन्छ । मल्लका चौतरिया भारो भगीरथ भैया भन्ने व्यक्तिले यो मन्दिर स्थापना गरेको किंवदन्ती छ । नेपाल भाषामा देग भन्नाले मन्दिरलाई जनाउँछ । भैया (भाइ)ले स्थापना गरेका कारण उनकै नाममा मन्दिरको नाम भाइदेग राखिएको थियो ।  यो मन्दिरको इतिहास करिब ३५० वर्ष पुरानो छ ।