Skip This
डेँगु नियन्त्रणको थालनीमा विद्यालयस्तरीय विद्यार्थीमा सचेतना कार्यक्रम सुरु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डेँगु नियन्त्रणको थालनीमा विद्यालयस्तरीय विद्यार्थीमा सचेतना कार्यक्रम सुरु 

दोस्रो चरणमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुको क्षमता विकास गर्ने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेँगु नियन्त्रणका लागि विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम थालनी गरेको छ। बर्खायाम सुरु भएसँगै डेँगु संक्रमणको जोखिम बढ्ने भएकाले जोखिम घटाउने रोकथाम, नियन्त्रण र उपचारका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम थालिएको हो। महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालले ३२ सय विद्यार्थीलाई सचेत बनाएर उनीहरूलाई डेँगु नियन्त्रणका सन्देश संवाहक बनाउने योजनाअनुरूप कार्यक्रम थालिएको बताए ।

समुदायस्तरमा डेँगु रोगको रोकथामका प्रयासबारे छलफल र अन्तर्क्रिया चलाएर सम्भावित जोखिम घटाउने वडा कार्यालयको योजना छ । वडा नम्बर ३ का सदस्य सीता थापा र शर्मिला परियारले भने, ‘महामारी नियन्त्रणका लागि साझा प्रयास चाहिएको छ।’ कार्यक्रममा स्वास्थ्य प्रवर्द्धन केन्द्रका इन्चार्ज सिर्जना पाठक र स्कुल नर्स सविता दनुवारले विद्यार्थीहरूसँग रोग लाग्ने कारण, रोगका लक्षण, बचावट गर्ने उपायबारे अन्तर्क्रिया गरेका थिए । यस क्रममा विद्यार्थीले कुन लामखुट्टेले टोक्दा डेँगु लाग्छ? डेँगु लागेको कसरी थाहा पाउने? जनावरबाट मान्छेमा रोग सर्छ कि सर्दैन ? जस्ता प्रश्न राखेका थिए। यी प्रश्नहरूको स्वास्थ्यकर्मीहरूले जवाफ  दिएका थिए । 

सचेतनामूलक र क्षमता विकासका कार्यक्रमपछि डेँगु रोग फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रमलाई सक्रिय बनाउने योजना छ। वर्षायाममा साउन, भदाै, असोज र कात्तिक महिनासम्म यस रोगको संक्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । एडिस जातको संक्रमित लामखुट्टेले पारेको अन्डाबाट लार्भा हुँदै निस्कने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेँगु रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा ज्वरो आउने, वाकवाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्नेजस्ता लक्षण देखिन सक्छ ।