
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतीत बिमालेख नवीकरण (पुनर्जागरण) गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट पाइने भएको छ । विभिन्न कारणले समयमै बिमाशुल्क भुक्तानी गर्न नसकेका ग्राहकले यो अभियानबाट छुटको लाभ लिन सक्नेछन् । अभियान जेठ १ गतेदेखि २५ गतेसम्म लागू हुनेछ ।
पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । सामान्य अवस्थामा बिमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने विलम्ब शुल्कमा छुटको सेवा–सुविधा लिई व्यतीत बिमालेख नवीकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ । ग्राहकले कम्पनीका देशैभरका कार्यालयबाट वा अनलाइन भुक्तानीमार्फत योजनामा सहभागी हुन सक्नेछन् ।