Skip This
राजनीति बुझ्छु, तर गर्दिनँ : प्रधानमन्त्रीपत्नी शाक्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजनीति बुझ्छु, तर गर्दिनँ : प्रधानमन्त्रीपत्नी शाक्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३६:oo

प्रधानमन्त्री केपी ओलीपत्नी राधिका शाक्यले राजनीतिमा नलागे पनि राजनीति बुझ्ने र विश्लेषण गर्ने क्षमता आफूले राख्ने बताएकी छिन् । प्रेस चौतारीले सोमबार राजधानीमा आयोजना गरेको ‘करुणा’ पुस्तकमाथि सम्पादकहरूसँग संवाद कार्यक्रममा उनले पहुँच खोज्दै आउनेलाई कुनै प्रवेश नदिइएको समेत दाबी गरिन् । 

शाक्यले ओली प्रधानमन्त्री, मन्त्री रहँदा कोही आफन्त वा नातागोतालाई अवसर नदिइएको बताइन् । त्यस्तो कुनै प्रमाण भए पेस गर्न उनले चुनौती दिइन् । ‘केपी सर पदमा रहँदा, प्रधानमन्त्री, मन्त्री हुँदा कोही पनि आफन्त वा नातागोतालाई अवसर दिइएको वा कतै लगाएको छैन । मेरो कुरा गलत लाग्छ भने कृपया प्रमाण सार्वजनिक गरिदिनुहोस्,’ उनले भनिन् ।

शाक्यले राजनीतिमा भने नआउने स्पष्ट पारिन् । ‘अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु,’ उनले भनिन्, ‘तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि होइन, मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन । त्यसो भएकाले म राजनीतिमा आउँला कि, यसो–उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु ।’ 

देश बन्न राजनीति राम्रो हुनुपर्छ, देशको नीति सही हुनुपर्छ भन्दै शाक्यले भनिन्, ‘म प्रधानमन्त्री भएँ भने पनि देश बनाउन सक्दिनँ, एक्लैको प्रयासमा त केही सम्भव छैन । सबैको साथ र सहयोग चाहिन्छ ।’ उनले कहिल्यै केही गल्ती काम नगरेकाले हरेक प्रश्नको सामना गर्न सक्षम रहेको जिकिर पनि गरिन् । आफ्नो पढाइ, लेखाइमा ओलीको भूमिका रहेको भन्दै अब पनि पढाइ लेखाइमै समय बिताउने उनको भनाइ छ । उनले आफ्नो जीवनका भोगाइ र अनुभूति करुणा पुस्तकमा समेटिएको पनि बताइन् । डकुमेन्टेसन होस् भनेर पुस्तक लेखेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीमा सक्रिय रहने, अध्ययन गर्ने, तीक्ष्ण स्मरण गर्न सक्ने क्षमता रहेको उनको भनाइ थियो । ‘केपी सरको अध्ययन गर्ने बानी र पढेको चिजलाई सम्झन सक्ने क्षमता भएकाले उहाँले धेरै विषय सम्झिन सक्नुहुन्छ । तर ममा त्यो क्षमता छैन, पढ्दैगयो, बिर्सदै गयो हुन्छ’ उनले थपिन्, ‘जीवनमा मैले केही नराम्रो गरेको छैन, आगामी दिनमा पनि त्यस्तो नगर्ने प्रतिबद्धता जनाउँछु ।’