१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २ शुक्रबार ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘जुन वेला आगो लाग्छ त्यही वेला कुवा खन्ने सरकारको बुद्धि फेरियोस्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार ११:४१:oo

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्षायाममा हुने जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले जुन वेला आगो लाग्छ त्यही वेला कुवा खन्ने सरकारको बुद्धि फेरियोस् भन्दै समयमै गम्भीर हुन आग्रह गरे ।

वर्षायाम सुरु हुन लागेको र नेपाल प्राकृतिक जोखिममा विश्वकै उच्च स्थानमा रहेकाले प्रभावकारी जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहसँग समन्वय गरी आवश्यक बजेटको व्यवस्थापनसहित युद्धस्तरमा पूर्वतयारी गर्न आग्रह गरे । उनले भौगोगिक बनावट, जलवायु परिवर्तन र मानवीय गतिविधिले  हरेक वर्ष आउने बाढी र पहिरोले सयौँ मानिसको ज्यान जानुका साथै अर्बौँको क्षति हुने गरेकाे बताए ।

उनले  विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको क्षतिको विवरण हेर्ने  मात्र सरकारको काम भएको बताए । प्राधिकरणले दिएको सुझाव सरकारले कहिले पनि गम्भीर रूपमा नलिएको  केसीले आरोप लगाए ।