१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमतकी प्रदेश सांसद गुरुङलाई सनाखतका लागि उपस्थित हुन पत्राचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार २o:o६:oo

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई राजीनामा सनाखतका लागि उपस्थित हुन प्रदेश सभा सचिवालयले पत्र लेखेको छ। प्रदेश सांसद पदबाट राजीनामा दिएको उनको पत्र सञ्चारमाध्यममार्फत सार्वजनिक भएको छ। राजीनामाको आधिकारिकताका लागि उनलाई पत्राचार गरिएको संसद् सचिवालय जनाएको छ।

जनमत पार्टीकी प्रदेश सभा सदस्य गुरुङले पदबाट राजीनामा दिएको पत्र इमेलबाट संसद् सचिवालयमा प्राप्त भएपछि सभामुख तुलाराम घर्ती मगरको निर्देशनबमोजिम सनाखतका लागि पत्राचार गरिएको हो।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले संसद् सचिवालयलाई उपलब्ध गराएकोभन्दा फरक इमेल ठेगानाबाट इमेल आएको र राजीनामाको व्यहोरा पनि स्पष्ट नभएकाले राजीनामा हो कि होइन भन्ने सनाखत गर्न उपस्थित हुनका लागि सभामुखको निर्देशनबमोजिम पत्रचार गरिएको बताए।

गीता आबद्ध जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङ लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र राजीनामाबारे पार्टीमा जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्। ‘उहाँ संसदमा पनि निकै कम उपस्थित हुनेमा पर्नुहुन्छ, २५ प्रतिशत पनि उहाँको उपस्थिति छैन,’ उनले भने, ‘संसदीय दलको बैठकमा त उहाँ आउनुभएकै छैन।’

राजीनामाबारे पार्टीमा कुनै जानकारी नभएको भन्दै गुप्ताले आवश्यक निर्णयका लागि पार्टी केन्द्रमा कुरा राखेको बताए। गुरुङ दुई महिनादेखि बेलायतमा बस्दै आएको  बताइएको छ।