Skip This
शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Tuesday, 11 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ८ सोमबार १७:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार १७:३८:oo

शिक्षकहरूले आन्दोलन चर्काइरहेका वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्। 

विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि शिक्षामन्त्रीले राजीनामा दिएको भट्टराईको सचिवालयका सदस्य अशेष पोखरेलले जानकारी दिए। आन्दोलनरत शिक्षकसँग सहमति खोज्न शिक्षा मन्त्रालयले सातबुँदे प्रस्ताव तयार गरेको थियो। आज सोमबारको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेस गर्ने बताइए पनि त्यसअघि नै शिक्षामन्त्रीको राजीनामा आएको हो।

विद्यालय शिक्षा विधेयक जारी हुनुपर्ने माग गर्दै देशभरिका शिक्षक २० दिनदेखि आन्दोलनमा छन्। तर, सरकारले शिक्षकका माग तत्कालै सम्बोधन हुन नसक्ने जनाउँदै आएको छ।

यसअघि आजै प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबिच छलफल भएको थियो। शिक्षकका मागबारे प्रधानमन्त्रीले फरक मत राख्दै दबाब दिएपछि मन्त्रीले राजीनामा दिएको बुझिएको छ।