
नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल दशरथ रंगशालामा जारी छ । काठमाडौँस्थित दशरथ रंगशालामा खेल साँझ ५:३० बजेदेखि सुरु भएको हो ।
कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए।
दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।