
कञ्चनपुर बेलडाँडीको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुष्पकमल पण्डित निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्याम्पस सञ्चालक समितिको निर्वाचनबाट अध्यक्षमा पण्डित निर्वाचित भएका हुन् ।
पण्डित प्रतिस्पर्धी उम्मेदवार पवनकुमार जोशीलाई १० मत र अर्का उम्मेदवार इश्वरीदत्त भट्टलाई २७ मतअन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । पण्डितले ६१, जोशीले ५१ र भट्टले ३४ मत ल्याएका छन् ।
यस्तै, पाँच खुला सदस्यतर्फ भुवनेश्वर पण्डित ८२, वीरबहादुर बडुवाल ८०, नरेन्द्र रोकाया ८१, महेश विष्ट ६३, सञ्जिव विक्रम सिह(धुव्र) ६२ मत ल्याएर निर्वाचित भएका छन । बुद्धिजिवी सदस्यतर्फ वीरबहादुर सिह ठकुरीले ७२, जयलाल भट्टले ६९ मत ल्याएका थिए । यसअघि दलित आदिवासी सदस्यतर्फ लक्ष्मण सुनार, महिलातर्फ कलाबली बम र लोकमाया जेठारा निर्वाचित भएका छन् ।
क्याम्पस प्रमुख प्रयागराज जोशीले कुल १७२मतदातामध्ये १५०मत खसेको जसमध्ये १४६ मत सदर भएको बताए । सहमति हुन नसकेपछि क्याम्पसले निर्वाचिन प्रक्रियाबाट सञ्चालक समिति छनौट भएको हो । ०६४ सालमा स्थापना भएको क्याम्पसमा पहिलोपटक निर्वाचनमार्फत समिति चयन भएको हो ।