मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
२o८२ भदौ २१ शनिबार २२:१७:oo
Read Time : < 1 मिनेट
अर्थ

ताप्लेजुङका किसानलाई अलैँची टिप्न भ्याई नभ्याई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार २२:१७:oo

ताप्लेजुङका किसानहरूलाई अहिले अलैँची चटारो छ । जिल्लाको औल क्षेत्रका अधिकांश किसान अलैंची टिप्ने, छोडाउने र सुकाउने काममा व्यस्त छन् ।

ताप्लेजुङमा साउन महिनाको अन्तिमदेखि अलैँची टिप्ने र थन्याउन सुरु भएर मंसिर महिनासम्म रहन्छ । तमोर नदी किनारका किसानहरूले भदौ लाग्दा नै अलँैची थक्याइसकेको छन् भने जिल्लाको मध्यम भागका किसान अहिले अलैँची टिप्न, छोडाउन र भट्टी लाउन व्यस्त छन् । 

अलैँची ताप्लेजुङको प्रमुख नगदे बाली हो । जिल्लाको बेँसी क्षेत्रमा साउन महिनादेखि टिपाइ सुरू भए पनि लेकाली क्षेत्रमा मंसिरको अन्तिमसम्मै यो प्रक्रिया चल्छ । अहिले भने जिल्लाको मध्य भागदेखि तलतिर अलैँची भित्र्याउने मुख्य समय हो । 

फुङलिङ नगरपालिका–१ का किसान चेतनाथ बराल अलैँची ढिलो भित्र्याउँदा वन्यजन्तुले खाइदिने डर हुन्छ, जसले किसानहरूलाई दबाबमा पारेको छ । यही कारण चाडपर्व आउँदासम्ममा अलैची भित्र्याइसक्ने तयारीमा छन् । यहाँ भन्दामाथिको क्षेत्रमा चाडबाड दशँै तिहार नभनि अलैँची भित्र्याउने गरिन्छ । 

ताप्लेजुङका ९ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती हुने गरेको छ । करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको छ । प्रतिमन (४० किलो) खलैँचीको मू्ल्य ८५ हजार ५५० रहेको छ ।

अलैँची बगानले रोजगारीको अवसर पनि सिर्जना गरिरहेको छ । अलैंची बगामा एक दिन काम गरे मजदुरहरूले ५०० देखि ७०० सम्म ज्याला पाउने गर्छन ।