मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २१ शनिबार १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्री फरार हुनु गैरजिम्मेवारी र सत्ताको घमण्ड हो : निशा डाँगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार १५:४८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्रीसवार गाडी फरार हुनु कुनै सामान्य दुर्घटना नभई गैरजिम्मेवारी र सत्ताको घमण्ड भएको टिप्पणी गरेकी छन् ।

एमालेको दोस्रो विधान अधिवेशनस्थल गोदावरी जाने क्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले हरिसिद्धिमा बालिकालाई सामान्य ठक्कर दिएर भागेको थियो । घाइते बालिककाले एमालेले खर्च व्यहोर्ने जनाएको छ।

उनले लेखेकी छन्, ‘जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्रीसवार गाडी फरार हुनु कुनै सामान्य दुर्घटना होइन, यो सरासर गैरजिम्मेवारी र सत्ताको घमण्ड हो । पैदलयात्रीको पहिलो अधिकार हुने ठाउँमै गाडी कुदाएर भाग्नु, अनि प्रधानमन्त्रीबाट सामान्य छोएको भनेर पन्छिनु झन् दुःखद र असंवेदनशील प्रतिक्रिया हो।’

मन्त्री आफैँ गाडीमा सवार भएपछि आफैँले पनि जिम्मेवारी लिनुपर्ने उनको भनाई छ। उनले थपेकी छन्, ‘सडकमा हामी सबै हिँड्ने मान्छे हौँ, हतार भएकै कारणले कसैको ज्यान जोखिममा पार्न पाइँदैन । जेब्रा क्रसिङको सम्मान गरौँ, अरूको जीवनको मूल्य बुझौँ सरकार ।’