मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १o:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भरतपुरमा आठ वर्षमा एक हजार ६५ किलोमिटर सडक कालोपत्रे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १o:२९:oo

 भरतपुर महानगरपालिकामा आठ वर्षको अवधिमा एक हजार ६५ किलोमिटर सडक कालोपत्रे भएको छ । यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन् । यसबाहेक संघ र प्रदेश सरकारमार्फत करिब दुई सय किलोमिटर सडक थप बनेका छन् ।

महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६ सय २२ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । दोस्रो कार्यकालका तीन वर्षमा थप चार सय ४२ किलोमिटर सडक बनेको छ । यही गतिमा कालोपत्रे सडक निर्माण भए दोस्रो कार्यकालको अन्त्यसम्म सात सय ३५ किलोमिटरभन्दा बढी सडक बन्ने प्रमुख दाहालले बताइन् । महानगरले अहिले सडकलाई हरियालीसहित सौन्दर्यीकरण गर्ने नीति लिएको छ ।

निर्माण भएका सडकको दायाँ–बायाँ वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्डपथ र चक्रपथ निर्माणका लागि संघीय सरकारसँगको पहलमा निर्माण भइसकेको छ ।