मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १o:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्ष शाहले दिएको राजीनामा दुई वर्षपछि स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १o:३१:oo

घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्रबहादुर शाहले पदबाट दिएको राजीनामा दुई वर्षपछि स्वीकृत भएको छ । उनले १२ असार ०८० मा नगरप्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुभाएका थिए । त्यसको दुई वर्षपछि उक्त राजीनामा स्वीकृत भएको हो । नगरप्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए ।

एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । वडाध्यक्ष शाहलाई एमालेले ०८१ माघमा पार्टीबाट समेत कारबाही गरेको थियो । यसबिचमा धेरैपटक सुधार्न खोजे पनि नसुध्रिएपछि राजीनामा स्वीकृत गरिएको नगरप्रमुख चौधरीको भनाइ छ । ‘धेरैपटक सम्झाउन खोजियो,’ उनले भने, ‘तर, उहाँले मान्नुभएन, नसुध्रिएपछि राजीनामा स्वीकृत गरियो ।’

उनको राजीनामा स्वीकृत भएपछि ज्येष्ठताका आधारमा चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । शाह कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष विजयी भएका थिए । उनले एक हजार ४५१ मत ल्याएका थिए भने कांग्रेसका उम्मेदवार धनीराम चौधरीले एक हजार २४४ मत ल्याएका थिए ।