मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २ सोमबार ११:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक युरो मनी अवार्डबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार ११:५९:oo

 ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

यसअघि पनि बैंकले सन् २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो । साथै, ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ पनि प्राप्त गरिसकेको छ ।  सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड मानिन्छ । बैंकले देशभरका तीन सय ५२ शाखा कार्यालय, तीन सय ८४ एटिएमबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।