
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा एक लाख ९५ हजार पाँच सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज पाँच रुपैयाँले बढेर तोलामा दुई हजार ३१५ रुपैयाँ कारोबार भएको छ। आइतबार प्रतितोला दुई हजार ३१० रुपैयाँमा कायम भएको थियो ।