मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २ सोमबार १२:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवल प्रहरीलाई कामना विकासको प्रिन्टर सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १२:o४:oo

कामना सेवा विकास बैंकले इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर सहयोग गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानालाई हस्तान्तरण गरेका हुन् ।

सञ्चालक तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रानाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरीक्षक धर्मराज खत्री र शालिकराम खनाल र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।