मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १o:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘प्रांगारिक मल उत्पादन लुम्बिनीको प्राथमिकतामा’  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १o:१९:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्न प्रांगारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

शुद्धोधन गाउँपालिका– १, मानपकडीस्थित शर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले रासायनिक मलको अभावलाई प्रांगारिक मलले पूर्ति गर्न यसलाई प्राथमिकतामा राखिएको बताए ।

‘प्रांगारिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न प्रांगारिक मल उत्पादन हुनु जरुरी छ,’ उनले भने, ‘यही मलको प्रयोग गरेर खेती प्रणालीलाई अघि बढाउने गरी केही वर्षभित्र प्रदेशलाई प्रांगारिक प्रदेशका रूपमा विकास गर्ने लक्ष्य पूरा हुनेछ ।’ प्रांगारिक मल उत्पादनका लागि सामुदायिक संघ–संस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गर्ने उनले प्रतिबद्धता जनाए ।