Skip This
पाँचखालमा स्थापना हुन लागेको एस्फाल्ट प्लान्टको सडकदेखि सदनसम्म विरोध 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काभ्रेपलान्चोक
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पाँचखालमा स्थापना हुन लागेको एस्फाल्ट प्लान्टको सडकदेखि सदनसम्म विरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलान्चोक
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

काभ्रेपलाञ्चाेक जिल्लाको पाँचखाल नगरपालिकामा स्थापना हुन लागेको  एस्फाल्ट प्लान्टको स्थानीयले विरोध गरेका छन् । वातावरणीय प्रदूषण मूल्यांकन नै नगरी मन्दिरको छेउमा यस्तो प्लान्ट स्थापना गर्नु गलत भएको उनीहरूको भनाइ छ । 

गत आइतबार यस विषयमा सार्वजनिक सुनुवाइ राखिएकोमा स्थानीयले यसले प्रदूषण बढाउने र नगरलाई कुनै फाइदा नहुने भएकाले राख्न नदिने अडान राखे । एमाले र माओवादीका स्थानीय नेताहरूले समेत यसको विरोध गरेका छन् । कांग्रेसकै केही स्थानीय नेता पनि यसको विपक्षमा उभिएका छन्। 

मंगलबार संसदमा समेत यस विषयमा कुरा उठेको छ । सांसद मीना तामाङले लिच्छविकालीन मन्दिर र बस्तिलाई असर पार्ने प्रदूषणजन्य प्लान्ट कानुनविपरीत भएको भन्दै रोक्न माग गरिन् । सांसद लामाले भनिन्, ‘प्रदूषणजन्य उद्योग सञ्चालन गर्न दिएको अनुमति कानुनविपरीत  छ, उक्त  एस्फाल्ट उद्योग  सञ्चालन  अनुमति नदिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै पाँचखालवासी  जनसमुदायको जीवनरक्षाको माग गर्दै स्थानीय सरकार पाँचखाल नगरपालिकाबाट  गरिएको निर्णय फिर्ता लिन आग्रह गर्दछु ।’  

वडा नम्बर ८ र ९ को सीमामा रहेको लिच्छविकालीन इतिहास बोकेको स्वर्णेश्वर महादेव मन्दिर र सोसँग जोडिएको बस्तीहरूलाई असर पर्ने गरी प्लान्ट निर्माण अघि बढिसकेको छ । प्रक्रिया नै पूरा नगरी प्लान्ट निर्माणको काम अघि बढेपछि स्थानीय आक्रोशित बनेका थिए । त्यसपछि आइतबार सार्वजनिक सुनुवाइ राखिए पनि धेरै स्थानीयले राख्न नहुने बताए । 

 बन्दन भगवती निर्माण प्रालिले सो प्लान्ट बनाउन लागेको हो । सो कम्पनीका सञ्चालक मुकेश पन्तको पाँचखालका मेयर महेश खरेलसँग निकटता भएकाले नियम मिचेर प्लान्ट स्थापना गर्न दिइएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । सार्वजनिक सुनुवाइमा स्थानीयहरूले यस्तो प्लान्ट नभई पाँचखालमा कृषिजन्य उत्पादनको प्रशोधनको उद्योग आवश्यकता भएको बताएका छन्।