Skip This
रास्वपाले रुपन्देही–३ को उम्मेदवारको टुंगो १५ भदौमा लगाउने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार २१:४६:oo
Read Time : < 1 मिनेट
समाचार

रास्वपाले रुपन्देही–३ को उम्मेदवारको टुंगो १५ भदौमा लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार २१:४६:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो १५ भदौमा लगाउने भएको छ। रास्वपाले आफ्नो पार्टीबाट उम्मेदवार हुन इच्छुकहरूको सूची बिहीबार सार्वजनिक गरेसँगै थप प्रक्रिया अगाडि बढाएको हो। आवश्यक प्रक्रिया पूरा गर्दा १५ भदौमा उम्मेदवारको टुंगो लाग्ने पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्यले बताए।

उम्मेदवार हुन आवेदन दिएका नौजनाका विषयमा दाबी विरोधका लागि शुक्रबार बिहान १० बजेदेखि शनिबार दिउँसो ५ बजेसम्मको समय तोकिएको छ । आम नेपाली नागरिकले उम्मेदवारका विषयमा दाबी विरोध गर्न पाउने आचार्यले बताए। दाबी विरोधपछि २५ साउनमा उम्मेदवारहरूसँग छलफल हुनेछ। २६ साउनमा उम्मेदवारको प्रराम्भिक सूची प्रकाशित गरिनेछ। २७ साउनदेखि ११ भदौसम्म छनोट विधिअनुसार उम्मेदवारहरूको नेतृत्व क्षमता परीक्षण गर्नेछ।

त्यसपछिको प्रक्रियामा भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साझ ७ बजेसम्म प्रारम्भिक निर्वाचन तय गरिएको छ। यी सबै प्रक्रिया पूरा गरेपछि भदौ १५ गते सबै अंक जोडेर एकजना उम्मेदवार घोषणा गर्ने रास्वपाले तयारी गरेको छ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन्।