Skip This
चारवटा अदालतले दोषी भनेका लामिछाने कसरी निर्दाेष हुन्छन् ? सांसद शर्मा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २१ बुधबार १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चारवटा अदालतले दोषी भनेका लामिछाने कसरी निर्दाेष हुन्छन् ? सांसद शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १५:o३:oo

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंकित गर्दै  चारवटा अदालतले दोषी भनेको कुरालाई कसरी राजनीतिक दलले निर्दाेष साबित गर्न मिल्छ भनेर प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले उनीसँगै मुछिएका अरू सबै दोषी, तर उनी निर्दाेष भन्न नमिल्ने उल्लेख गरे । उनले जिल्ला, सर्वाेच्च र उच्च अदालतले उनलाई दोषी ठहराइसकेकाले छुटाउनका लागि हस्ताक्षरको दबाब नदिन रास्वपालाई आग्रह गरे । 

नेपाली जनताले  राजनीतिक दललाई नभई अदालतलाई विश्वास गर्ने भएकाले हस्ताक्षरको अर्थ नभएको उल्लेख गरे । शिशिर खनाल आफैँ छानबिन समिति सदस्यमा बसेर दोषी देखिएको कुरालाई अहिले प्रतिशोध भन्नुको अर्थ नभएको उल्लेख गरे । अरूलाई अदालतको आदेश मान्दिनँ भन्नेलाई पिताजीको देश हो भन्ने लामिछानेले आफ्नो व्यवहार के हो ? भनेर प्रश्न गरे ।