Skip This
न्यायाधीश नियुक्तिमा भागबन्डाको आरोप 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २२ बिहीबार २१:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

न्यायाधीश नियुक्तिमा भागबन्डाको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार २१:३२:oo

लामो समयपछि उच्च अदालतमा भएको न्यायाधीश सिफारिसमा भागबन्डाको आरोप लागेको छ। बिहीबार बसेको न्यायपरिषद्को बैठकले २७ जना सिफारिस गरेकोमा ६ जना कानुन व्यवसायी छन्। सत्तारूढ प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)ले नियुक्तिमा भागबन्डा गरेका हुन्। कानुन व्यवसायीतर्फबाट नियुक्तिका लागि सिफारिस भएकामध्ये चारजना नेपाली कांग्रेसनिकट र दुईजना नेकपा(एमाले) निकट भएको स्रोत बताउँछ। 

कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियार नेपाली कांग्रेसनिकट कानुन व्यवसायी हुन्। त्यस्तै, बालकृष्ण गैरे र निशा बानियाँ एमालेको कोटामा न्यायाधीशमा नियुक्तिमा परेका हुन्। 

सिफारिस भएका २७ जनामा १६ जना जिल्ला न्यायाधीशबाट, ६ जना कानुन व्यवसायी, तीनजना न्याय सेवा, कानुन र सरकारी वकिलबाट १-१ जना परेका छन्। 

न्यायसेवाका कर्मचारीमध्ये सिनियर रहेका सहसचिव जितेन्द्रबाबु थपलिया छुटेपछि उनले असन्तुष्टि जनाएका छन्।