१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २३ सोमबार २३:४३:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वमुख्य न्यायाधिवक्ता झाद्वारा रवि लामिछानेको पक्षमा ऐक्यबद्धता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार २३:४३:oo

मधेस प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भनेर त्यसविरुद्ध थालेको अभियानमा झाले सोमबार हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका हुन्। 

काठमाडौं महागरपालिका–३२ मा उनले हस्ताक्षर गर्दै उनले रास्वपाको पक्षमा आएको ‘वेभ’लाई रोक्न लामिछानेविरुद्ध विभिन्न जिल्लामा मुद्दा दायर गरिएको आफ्नो बुझाई रहेको बताए। 

हस्ताक्षर गरेपछि उनले भने,‘नेपाली जनताले थाहा पाउनुपर्ने कुरा क छे भने उहाँ कही पनि सहकारीको सदस्य हुनुहुन्न र सहकारीको ऋणी पनि हुनुहुन्न । दुइटै भएपछि उहाँलाई सहकारीको मुद्दा राजनीतिक आग्रह पूर्वाग्रहको आधारमा लगाएको देखिन्छ । उहाँलाई विभिन्न ठाउँमा मुद्दा दर्ता गर्ने, थुनामा पठाउने, लगायतको जून गरे यो चाँही ०८४ को चुनावमा जसरी पनि उहाँलाई पछाडि पार्ने, अगाडि नआओस् भन्ने उदेश्यबाट देखिन्छ । यो पार्टी चाँही परिवर्तनको सन्देष बोकेर अगाडि बढेको छ, त्यो वेभलाई कसरी रोक्न सकिन्छ भन्ने देखिन्छ ।’ लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा त्यसका सञ्चालक जिबी राईले गरेको कामको भागिदार उनलाई बनाउन खोजिएको झाको भनाई छ । 

रास्वपाले थालेको हस्ताक्षर अभियानमा यसअघि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत हस्ताक्षर गरे । त्यस्तै कलाकारहरु विपिन कार्की, खगेन्द्र लामिछाने, किरण केसी, रमेश उप्रेती लगायतले पनि हस्ताक्षर गरेका छन् ।