१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २३ सोमबार १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कुलिङ पिरियड’मा भएकाे छेडखानी छानबिन गर्ने विशेष समितिका सदस्यको नाम टुंगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार १४:२३:oo

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानीको विषय छानबिन गर्न गठित विशेष समितिका सदस्यहरूको नाम टुंगिएको छ।

समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली तथा राप्रपाबाट रोशन कार्की सदस्य छन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न २१ दिनको समय दिइएको छ।

सभामुख देवराज घिमिरे र प्रमुख पाँच दलका प्रमुख सचेतकको बैठकले कांग्रेसको नेतृत्वमा सात सदस्यीय समिति बनाउने सहमति गरेको थियो। सहमतिअनुसार दलहरूले आज आफ्नोतर्फबाट सभामुखलाई सदस्यहरूको नामावली बुझाएका हुन्।