१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीले भन्यो– एमालेसँग एकता गर्ने नीति र सोच छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

नेकपा माओवादी केन्द्रले एमालेसँग एकता गर्ने कुनै नीति र सोच नरहेको स्पष्ट पारेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले सोमबार विज्ञप्ती जारी गर्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको विषय जानकारी नभएको बताएका हुन्।

केही संचारमाध्यममा बाम एकताका लागि एमालेसमक्ष माओवादीले प्रस्ताव गरेको भनी समाचार प्रकाशित भएको भन्दै माओवादीले त्यसको खण्डन गरेको हो। ‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौं। साथै समाचारमा भनिएजस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन,’ विज्ञप्तीमा भनिएको छ।

अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा नचलेको माओवादीले जनाएको छ। यस्ता तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ।