१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
Invalid date format o८:o६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o६:oo

ग्वार्को ओभरपासपछि काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि कुनकुन स्थानमा ओभरपास बन्नुपर्छ ? 
ग्वार्को क्षेत्रको सडक प्रयोगकर्ताले ओभरपास सञ्चालनपछि जाममा बस्नुपरेको छैन । तर, सातदोबाटो र कोटेश्वरमा भने ग्वार्को ओभरपासपछि थप जाम हुन थालेको अनुभव भइरहेको छ । एकान्तकुना वा बल्खु चोकमा पनि सडक प्रयोगकर्ताले ग्वार्को ओभरपासपछि सवारी चाप बढेको अनुभव गर्न थालेका छन् । त्यसकारण अब यसको समाधान खोज्नतिर लाग्नुपर्छ । 
ग्वार्कोको जाम अन्य चोकतिर सरेको बताइन्छ । 

अन्य चोकमा ट्राफिक जामको समाधान के होला ? 
चक्रपथ २७ किमि लामो छ । ग्वार्कोको सवारी व्यवस्थापन क्षमता ओभरपासले वृद्धि ग¥यो तर चक्रपथको क्षमता वृद्धि भएन । ग्वार्कोमा सवारी रोकिँदैनन्, तर ती सवारी साधन पूर्वतिर बालकुमारी र कोटेश्वर चोक वा पश्चिमतिर सातदोबाटोमा थुप्रिन्छन् । त्यसकारण पनि समस्या भएको हो । बालकुमारी, कोटेश्वर वा सातदोबाटो चोकको क्षमता सुधार नगरी समाधान हुँदैन । 

सबै चोकमा हुने ट्राफिक जाम हटाउन सरोकारवाला निकायले अब कसरी काम गर्नुपर्ला ?
सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास निर्माण गर्ने योजना तत्काल बढाउन उचित हुँदैन । केही समय ग्वार्को ओभरपासको अनुभव अध्ययन गरेर मात्र आगामी योजाना तयार गर्नुपर्छ । थप ओभरपास बनाउन हतार गरेर हुँदैन । पूर्वाधार थप गर्दैमा जाम व्यवस्थापन हुन्छ भन्ने सोच गलत हो ।

सडकमा सवारीको संख्या कम गर्ने रणनीतिबाट जामको व्यवस्थापन गर्न सकिन्छ । यसका लागि सार्वजनिक यातायातमा सुधार गर्नुपर्छ । मानिसलाई निजीभन्दा सार्वजनिक यातायातप्रति बढी आकर्षित गर्न सक्नुपर्छ । फ्लाई ओभर, ओभर पास वा सडक चौडा बनाउँदा अल्पकालीन रूपमा जाम कम हुने मात्र हो । दीर्घकालीन समस्याको समाधान सार्वजनिक यातायातमा राज्यको लगानीबाट मात्र हुन सक्छ । सार्वजनिक यातायात सुधारसँगै समग्र यातायात प्रणालीमा सुधार देखिन सक्छ ।