१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
२o८२ असार १६ सोमबार १९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

राप्ती राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १९:o६:oo

वर्षासँगै आएको पहिराले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राप्ती राजमार्गको दाङ– सल्यान सडकखण्डको कपुरकोट गाउँपाकिला–३, चोरखोलामा पहिरो झर्दा सडक अवरुद्ध भएको हो। साँझ ६ बजेतिर सडकमाथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

चोरखोला आइरहने पहिरोले यात्रुहरूले पटक-पटक सास्ती भोग्दै आइरहेका छन्। सडक सञ्चालन नहुँदासम्मका लागि यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए। 

वर्षात् भइरहेकोले तत्काल पहिरो हटाएर सडक सञ्चालन गर्न गाह्रो भइरहेको उनको भनाइ छ। पहिरो गएपछि गन्तव्यमा हिँडेका यातायातका साधन बिचबाटोमा अलपत्र परेका छन्। साना सवारीका साधन वैकल्पिक बाटोबाट गन्तव्यमा हिँडे पनि ठुला सवारीसाधन भने बिचबाटोमा नै रोकिएका छन्।