
एमालेको आन्तरिक जीवनमा अहिले व्यक्तित्वको हिसाबले केपी ओलीको उचाइसँग प्रतिस्पर्धा गर्ने अन्य नेता थिएनन् । विद्या भण्डारी आएपछि एमालेमा दुईवटा ध्रुव बनेर जाने सम्भावना देखिन्छ । सदस्यता नवीकरण गरेर विद्याले एमालेको नेतृत्व लिन खोज्नुभएको होला । ओलीले पनि अहिले बाहिरिन्छु भन्नुभएको छैन । अर्को कुरा एमालेमा अहिले नेताहरू खुलेर बोल्न सक्ने अवस्था छैन । अब एमालेमा ध्रुवीकरण हुन्छ, नेताहरू खुलेर बोल्न सक्छन् । एमालेभित्र बहस खुला हुन्छ ।
पूर्वराष्ट्रपतिजस्तो सम्मानित पदमा रहेको व्यक्ति राजनीतिमा आउन मिल्छ ?
यो व्यक्तिको कुरा हो । राजनीतिक दलहरूले अहिलेसम्म यसबारे बहस गरेका छैनन् । कानुनी रूपमा पनि केही उल्लेख छैन । त्यसकारण आउने–नआउने भन्ने व्यक्तिको रुचिमा भर पर्ने कुरा हो ।
विद्या भण्डारीको पुनरागमनले एमालेको आन्तरिक जीवनमा के फरक पर्छ ?
एमालेको आन्तरिक जीवनमा अहिले व्यक्तित्वको हिसाबले केपी ओलीको उचाइसँग प्रतिस्पर्धा गर्ने अन्य नेता थिएनन् । विद्या भण्डारी आएपछि एमालेमा दुईवटा ध्रुव बनेर जाने सम्भावना देखिन्छ । सदस्यता नवीकरण गरेर विद्याले एमालेको नेतृत्व लिन खोज्नुभएको होला । ओलीले पनि अहिले बाहिरिन्छु भन्नुभएको छैन । अर्को कुरा एमालेमा अहिले नेताहरू खुलेर बोल्न सक्ने अवस्था छैन । अब एमालेमा ध्रुवीकरण हुन्छ, नेताहरू खुलेर बोल्न सक्छन् । एमालेभित्र बहस खुला हुन्छ ।
आज नै उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन नपाए विस्फोट नै हुने चेतावनी दिए, यसलाई कसरी लिने ?
ओलीले दसौँ महाधिवेशनयता पार्टीमा चुनावलाई नियन्त्रण गर्न खोजेको देखियो । ओलीले आफूले भनेको मात्रै लागू गर्न खोजे भन्ने एमालेकै नेताहरूमा प्रश्न छ । त्यही कारण एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चेतावनी आएको हुन सक्छ ।
भण्डारी सक्रिय हुँदा वामपन्थी दलहरूबिचको सहकार्य कस्तो होला ?
नेकपा विभाजनका वेलामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरूको ओलीसँग टक्कर परेको हुनाले विद्या भण्डारी आउँदा त्यति तिक्तता नहोला । वामपन्थी एकताकै विषयमा त ठ्याक्कै भन्न गाह्रो छ ।