
गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला स्क्वास प्रतियोगिता ०८२ सोमबारदेखि पोखरामा सुरु भएको छ।
गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा पोखरा रंगशालास्थित स्क्वास र्याकेट संघको भवनमा सुरु प्रतियोगितामा १८ असारसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रदेशका पाँच जिल्लाका तीन महिला र १७ पुरुष गरी २० जना खेलाडीहरू सहभागी रहेका आयोजक संघका अध्यक्ष अशोककुमार रञ्जितले जानकारी दिए ।
रञ्जितका अनुसार प्रतियोगिताको पहिलो दिन सोमबार पहिलो चरणका खेलहरू सम्पन्न भएका छन्। यसअघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले गरेका थिए।