Skip This
नारायणगढ–बुटवल सडकखण्डकाे अवरुद्ध बाटो खुल्न दिनभर लाग्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १o:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणगढ–बुटवल सडकखण्डकाे अवरुद्ध बाटो खुल्न दिनभर लाग्ने

चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १o:५५:oo

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको चोरमारास्थित गिरुबारी खोला र दुम्कीबासस्थित विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग गएरातिदेखि ठप्प भएको छ । चोरमारा र दुम्कीबासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।   

चोरमारा र दुम्कीबासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ ।अहिले चोरमारा र दुम्कीबास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् । 

चोरमाराको गिरुबारी खोला पुल गत वैशाख २९ गते र दुम्कीबास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए । दुम्कीबासमा नयाँ पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने चोरमारामा पुरानै पुल मर्मत गरेर सञ्चालन गर्ने अन्तिम तयारीमा पुगेको छ । डाइभर्सन बगाएको ठाउँमा नयाँ डाइभर्सन बनाउन आज दिनभर लाग्न सक्ने भएको भन्दै सडक डिभिजनले आज दिनभर यो बाटो भएर यात्रा नगर्न सूचना जारी गरेको छ । 

गएराति पानी परेसँगै आएको बाढीले दुम्कीबास र चोरमाराका दुवै स्थानको डाइभर्सन बगाएको छ ।