१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
२o८२ जेठ १७ शनिबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिबिसन र जुहीले चुमे सिदिङ्वा म्याराथनको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार १४:२७:oo

ताप्लेजुङमा चलिरहेको ‘प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव २०८२’को अवसरमा आयोजित खुला म्याराथन प्रतियोगितामा पुरुषतर्फ बिबिसन लिङ्देन र महिलातर्फ जुही राईले उपाधि चुमेका छन्। 

म्याराथन खुला प्रतियोगितामा लिङ्देन र राई अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुँदै उपाधि चुमेका हुन्। पुरुषतर्फका प्रथम लिङ्देन ताप्लेजुङको सिरिजंगा गाउँपालिका–५, पेदाङका हुन् भने महिलातर्फ प्रथम रामप्रसाद राई गाउँपालिका–७, भोजपुरकी रहेको आयोजक जनाएको छ। यस्तै, म्याराथनमा पुरुषतर्फ फिदिम नगरपालिका–४, पाँचथरका विशाल राई दोस्रो र ताप्लेजुङकै माैवाखोला गाउँपालिका–६, फाकुम्बाका प्रकाश लिम्बू तेस्रो भएका छन्।

महिलातर्फ मिक्लाजुङ गाउँपालिका–२, पाँचथरकी पुष्पा सेर्मा(लिम्बू) दोस्रो र रामप्रसाद राई गाउँपालिका–७, भोजपुरकी विनिता राई तेस्रो भएका छन्। म्याराथनका विजेताले पुरुष र महिला दुवैतर्फ समान पुरस्कार राशि प्राप्त हासिल गरेका छन्। जसअनुसार प्रथम ४० हजार रुपैयाँ, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ दरले नगद पुरस्कारसहित प्रमाणपत्र हात पारेका छन् । महोत्सव आयोजक समितिका अमिर राईले म्याराथनमा कुल ६१ जनाको सहभागिता रहेको र जसमा महिला सातजना रहेकोसमेत राईले बताए। 

आयोजकले स्थानीयतर्फ पनि प्रतिस्पर्धी छुट्याइएको थियो। जसमा स्थानीयतर्फ सिदिङ्वा गाउँपालिका–१, कालीखोलाका भरत बानियाँ प्रथम हुनुभएको राईले जानकारी दिए। बानियाँले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएका छन्।  समुद्र सतहदेखि तीन हजार ५१२ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाम क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गरेको हो।     

सिदिङ्वाधामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढंगे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुंगालगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्धन गर्नसमेत महोत्सव आयोजना गरिएको हो। शुक्रबार सुरु भएको तीनदिने महोत्सवको शनिबार औपचारिक रूपमा समापन हुने भएको छ।