उम्मेदवारी निष्क्रिय नगर्ने बागीलाई माओवादीले निष्कासन गर्ने

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)ले सत्तागठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई कारबाही गर्ने भएको छ। सोमबार एक विज्ञप्ती जारी गर्दै माओवादीले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ।

माओवादीले बागी उम्मेदवारी फिर्ता गर्न आज सोमबारसम्मको अन्तिम समय दिएको छ। अन्तिम समयभित्र गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धतासहित सार्वजनिक वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्कृय गराएमा त्यस्ता बागी उम्मेदवारमाथिको कारबाही फिर्त लिने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सुझावित समाचार