जिममा दुई घन्टा बिताउँछु

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण
जिममा दुई घन्टा बिताउँछु

विकास लामिछाने, मोडल

मेरो फिटनेस

म पछिल्लो पाँच वर्षयता नियमित जिम गर्छु । बिहानको समय जिम सेन्टर जान्छु । जिमले मांशपेसी बलियो र तन्दुरुस्त राख्न सहयोग गरेको छ । कतिपय वेला घरमै बस्नुपर्ने अवस्था आयो भने घरमै एक्सरसाइज गर्छु । सुटिङका दौरान जिम जान पाइँदैन । त्यस्तो वेलामा घरमै एक्सरसाइज गर्छु । लकडाउनको समय पनि घरमै एक्सरसाइज गरेको थिएँ । 

बिहानदेखि बेलुकासम्म केही न केही खाइरहनुपर्छ भन्ने मान्यता राख्छु । धेरै पनि नखाने, थोरै खानेकुरा खाइराख्ने बानी छ । जिब्रोलाई स्वाद आउने सबै खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक हँुदैनन् । त्यसकारण मिठोभन्दा पनि स्वास्थ्यवद्र्धक खानेकुरामा जोड गर्छु । म अत्यधिक चिल्लो र जंकफुड तथा फास्टफुड खाने गर्दिनँ । 

जिमसँग सन्तुलित भोजन पनि उत्तिकै आवश्यक छ । नेचुरल खानपिनलाई प्राथमिकता दिन्छु । दैनिक जिमबाट फर्किएपछि अन्डा र चिकेन खान्छु । दैनिक १० वटासम्म अन्डा खाने गर्छु । चिकेनमा फ्याट हुँदैन, त्यसैले पनि जिम गर्ने मान्छेका लागि यो उपयुक्त छ । केरा, स्याउलगायत मौसमी फलफूल खान्छु । 

See More On

सुझावित समाचार