नयाँ बसपार्कको होटलबाट चार लाखसहित ११ जुवाडे पक्राउ

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौँको नयाँ बसपार्कस्थित होटलमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर र महाराजगञ्ज वृत्तको टोलीले चार लाख २५ हजार नगद बरामदगरी जुवाडेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा मकवापनुर स्थायी घर भएका कृष्ण बहादुर बल, गोरखाका मनोज कुमार श्रेष्ठ, खुशीराम गुरुङ, मन्जित गुरुङ र मनोज धिताल, नवलपरासीका लिला ठाडा मगर, काठमाडौंका बिनोद केसी, पाँचथरका मित्र प्रसाद ढकाल, लमजुङका क्षेत्रबहादुर गुरुङ, कास्कीका सूर्यबहादुर गुरुङ र कञ्चनपुरका विनोद दमाई छन्।

पक्राउ परेकामध्ये कृष्ण बहादुर बल होटल सञ्चालक रहेको र उनले नै जुवा खेलाउँदै आएको प्रहरीले जनाएको छ।

सुझावित समाचार