पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिए

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

दसैँको वेला करिब २० लाख यात्रु बाहिरिएको अनुमान

दसैँको वेला सुनसान बनेका उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको छ । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेसँगै चहलपहल बढेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिएका छन् । दसैँको वेला करिब २० लाख यात्रु बाहिरिएको अनुमान छ । ती यात्रु तिहार तथा छठपछिसम्म उपत्यकामा प्रवेश गर्छन् ।

तर, अधिकांश दसैँ मनाएर कामकाजको सिलसिलामा उपत्यका फर्किने गर्छन् । हाल राजमार्ग तथा मुख्य सडकखण्डमा सवारीसाधनको भिडभाड छ । 
 

See More On

सुझावित समाचार