बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ ।

मेयरमा रामबहादुर बानियाँ चार हजार चार सय ७७ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार सात सय ७४ मत प्राप्त गरे । 

त्यसैगरी उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत प्राप्त गरिन् । 

नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेसले जितेको छ भने बाँकी वडामा एमालेले जितेको छ ।  

सुझावित समाचार