पछिल्लो समयमा कम्प्युटर अत्यावश्यक सामग्री बनेको छ । यसका माध्यमले विश्वभरिका सूचना आदान–प्रदान गर्न सकिने भएकाले पनि आधुनिक युगमा यसको लोकप्रियता बढेको हो । यद्यपि, कम्प्युटरमा भाइरस लागेसँगै विभिन्न समस्या आइरहन्छन् । त्यसैले कम्प्युटरलाई भाइरसबाट जोगाउन यस्ता गतिविधि गर्न सकिन्छ :
- जथाभावी अनलाइन साइट खोल्दा र अरूका विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले पनि जोकोहीले पठाएको इमेल चेक गर्नुहुँदैन ।
- बजारमा किनेका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड,
- फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना भएकाले एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा एन्टिभाइरस नराख्नेजस्ता गल्ती गर्नुहुँदैन ।
- पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सनु हुँदैन ।