विगतका कोरोना संक्रमणको लहरमा अत्यधिक प्रभावित भएको सुदूरपश्चिममा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढेको छ । भारतबाट स्वदेश फर्कनेसँगै समुदायमा रहेका व्यक्तिहरूमा पनि संक्रमण देखिन थालेको हो । प्रदेशभरि हाल सक्रिय संक्रमितको संख्या चार सय ६६ छ ।
साउन पहिलो साताबाट यहाँ संक्रमण देखिन थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार केही दिनसम्म कैलाली, कञ्चनपुरमा मात्रै कोरोना संक्रमण देखिएको थियो, तर अहिले दार्चुलाबाहेक बाँकी सबै जिल्लामा सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ६ जना अस्पताल भर्ना भएका निर्देशनालयले जनाएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचजना संक्रमितमध्ये एकजनालाई भेन्टिलेटर र एकजनालाई आइसियूमा राखिएको छ ।
पछिल्लो २४ घन्टामा प्रदेशभरि ६१ जनामा कोरोना पजिटिभ देखिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संक्रमित देखिनेमध्ये भारतबाट फर्कनेको संख्या धेरै छ । बुधबार संक्रमण देखिएका ६१ मध्ये ४१ जना भारतबाट फर्केकाहरू हुन् । गौरीफण्टा नाकामा परीक्षण गर्दा २१ जनामा, गड्डाचौकीमा १९ जना र जुलाघाट नाकामा एकजनामा संक्रमण देखिएको हो । यहाँ मंगलबार ४५ जना र सोमबार एक सयजनामा संक्रमण पुष्टि भएको थियो ।
कैलालीमा सबैभन्दा बढी दुई सय ४० जना र कञ्चनपुरमा एक सय ८९ जना सक्रिय संक्रमित छन् । अहिले भारतबाट फर्कने व्यक्तिमा पनि संक्रमण पुष्टि बढ्दो छ । तर, तथ्यांक हेर्दा त्योभन्दा बढी संख्यामा यहाँ रहेकै व्यक्तिमा कोरोना पुष्टि भइरहेको देखिन्छ ।
कोरोना संक्रमण दर बढ्न थाले पनि स्वास्थ्यमा जटिलता देखिएर उपचारका लागि अस्पताल भर्ना हुनेको संख्या भने विगतको तुलनामा न्यून छ । अहिले मृत्यु हुने दर पनि कम देखिएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार परीक्षण गर्दा कोरोना संक्रमण देखिने दर बढे पनि अस्पताल भर्ना हुनेको संख्या भने न्यून रहेको छ । संक्रमितलाई स्वास्थ्यमा जटिलता नदेखिएको उनले बताए ।
प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले संक्रमण फैलन नदिनका लागि सचेतना बढाउनेसँगै परीक्षणलाई पनि बढाइएको बताए । महामारी फैलिएको अवस्थामा त्यससँग जुध्नका लागि अस्पतालहरूमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, शय्या, जनशक्ति थप्नेलगायत कामह्ररू भएका उनको भनाइ छ । संक्रमण बढ्दै गए पनि स्वास्थ्य सावधानी भने अपनाएको पाइँदैन । सुदूरपश्चिममा हालसम्म पाँच लाख ७४ जनामा परीक्षण गर्दा ६१ हजारमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांक छ । प्रदेशभरि कोरोना संक्रमणका कारण ६ सय ३४ जनाले ज्यान गुमाएका छन् ।
सुदूरपश्चिममा उकालो लाग्दै संक्रमणको ग्राफ
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
४ हप्ता अघि
व्यवसायी शंकरलाल अग्रवाल फेरि थुनामा
४ हप्ता अघि
१७ सहसचिवको सरुवा, काे कहाँ ? [सूचीसहित]
४ हप्ता अघि
सुझावित समाचार
आइजिपी कार्कीले बोलाए पिसिसी बैठक
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रहरी संगठनका नीतिगत विषयमा छलफल गर्न नीति समन्वय समिति (प…
नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने
काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भए…
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य
काठमाडौं। मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भन्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्न…
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
काठमाडौं । अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्…
बोलेरोको ठक्करबाट मर्निङवाकमा निस्किएकी महिलाको मृत्यु
उदयपुर । उदयपुरको बेलका नगरपालिका– ९, झन्डाचोकमा बोलेरोको ठक्करबाट मर्निङवाकमा निस्किएकी ५६ वर्षीया महिलाको …
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
हिमाल आरोहणबाट ३१ करोड ८० लाख रुपैयाँ रोयल्टी संकलन