गठबन्धन बैठकमा प्रस्तुत भएन सिट बाँडफाँडकाे खाका

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक सकिएको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल भएको थियो । तर, कार्यदल संयाेजक कृष्णप्रसाद सिटाैलाले प्रस्तुत गर्ने भनिएकाे बाँडफाँडकाे खाका भने प्रस्तुत हुन सकेन । सिटाैलाले गृहकार्य नपुगेकाे भन्दै खाका प्रस्तुत गर्न नसकेकाे बताएका थिए । 

बैठकमा छलफल भएका मोडालिटीबारे कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेतालाई जानकारी गराउने निर्णयसहित बैठक टुंगिएको मन्त्री कार्कीले बताए । 

‘कार्यदलले पाएको जानकारी पूरा हुने अन्तिम चरणमा छ। शीर्ष नेतालाई भेटेर संयोजकले जानकारी गराउने गरी बैठक टुंगिएको छ। हामीले विभिन्न मोडालिटीबारे छलफल गरेका छौँ । एकदम सकारात्मक रूपले अगाडि बढेको छ,’ उनले भने । 

सुझावित समाचार