बाढीले नुवाकोटको धानखेत बगायो, पुल भत्कायो

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण
बाढीले नुवाकोटको धानखेत बगायो, पुल भत्कायो

तस्बिर : जगदिश्वरनरसिंह केसीको फेसबुकबाट

गएरातिदेखि परेको अविरल वर्षाले नुवाकोटका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले पुल र सडकमा क्षति पुर्‍याउनुका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ । मानवीय क्षति  नभए पनि घरपालुवा जनावर बाढीले बगाएको छ ।

बाढीले टोखा–छहरे सडकखण्ड अवरुद्ध बनेको छ । जिल्लाको लिखु गाउँपालिका, तादी, पन्चकन्या र दुप्चेश्वर गाउँपालिकामा क्षति पुगेको कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले बताएका छन् । उनले तत्काल पीडितलाई राहत हुने गरी प्याकेज घोषणा गर्न र क्षति भएको पुल र सार्वजनिक सम्पत्तिको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । 

See More On

सुझावित समाचार