मेसी र नेमार चम्किँदा पिएसजीको सानदार सुरुवात

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण
मेसी र नेमार चम्किँदा पिएसजीको सानदार सुरुवात

नेमार (बायाँ), मेसी (दायाँ) । तस्बिर : एजेन्सी

लियोनल मेसी र नेमार जुनियर चम्किँदा लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार सुरुवात गरेको छ । 

फ्रेन्च लिगअन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा पिएसजीले क्लेरमन्ट फुटमाथि उसैको घरेलु मैदानमा ५–० गोलले हरायो । उसका लागि म्यान अफ दी म्याच मेसीले दुई, नेमार, मार्किन्होस र अचरफ हाकिमीले एक–एक गोल गरे । नेमारले तीन गोलका लागि असिस्ट गरेका थिए भने मेसीले एक असिस्ट गरे ।

खेलको सुरुवातमै पिएसजीले अग्रता लिएको थियो । नवौँ मिनेटमा मेसीले मिलाएको पासमा नेमारले गोल गर्दै पिएसजीलाई सुरुवात दिलाएका थिए । त्यसपछि २६, ३८, ८० र ८६औँ मिनेटमा गोल भयो । 

मेसीको दोस्रो गोल निकै आकर्षक थियो । पाराडेसले दिएको पासलाई छातीले नियन्त्रण गर्दै भलीमार्फत मेसीले बललाई जाली चुमाएका थिए । जितपछि पिएसजीले तीन अंक हासिल गरेको छ । 
 

सुझावित समाचार