नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।
विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्यहरू टेकबहादुर केसी, भरतबहादुर बम, सुरेश रानामगर, पदम राई, उदयबहादुर चलाउनेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरुलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ ।
उनीहरूविरुद्ध हातहतियार खरखजाना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्यविरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर गरेको मुद्दा छ । उनीहरूमाथि लागेका यी मुद्दामा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार पक्राउ पुर्जी जारी गरेको ललितपुर अदालतले जनाएको छ ।
भूमिगत रही सशस्त्र गतिविधि गर्दै आएका विप्लव २१ फागुन २०७७ मा केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।
विप्लवविरुद्ध पक्राउ पुर्जी जारी
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
सवारी दर्ता तथा नामसारीका लागि सवारीधनी यातायात कार्यालयमा उपस्थित हुन नपर्ने
काठमाडौं/ नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का …
अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिम…
इन्साइट टेक्नोलोजीलाई साइबर सेक्युरिटी अवार्ड
ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. अन्तर्राष्ट्रिय पुरस्कार ‘एआई इन साइबर सेक्युरिटी अवा…
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…