बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

वडा नम्बर १, २, ९ र १० मा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेकाे छ । नगरपालिकाको वडा नम्बर १, २, ९ र १० को मतगणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको हो । 

पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले १ हजार ७ सय ३२ र नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ६७ मत पाएका छन् । त्यसैगरि उपमेयरमा नेकपा एमालेकी माया कुँवरले १ हजार ६ सय ८७ र  कांग्रेसकी  रीता शाहीले १०३० मत पाएकी छिन् । 

हालसम्म वडा नम्बर १, २, ९ र १० को मत गणना सकिएकाे छ । यी वडामा एमाले विजयी भएकाे छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । मतदानमा ६६.८३ प्रतिशत मत खसेको थियो । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार