बाजुराको बुढीगंगामा मतगणना सुरु हुँदै

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

बाजुराको बुढीगंगा नगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै छ । मतगणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

बैठकमा सर्वदलीय र सर्वपक्षीय सरोकारवाला रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । भानोदय नमुना माध्यमिक विद्यालयमा सर्वदलीय बैठक बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।

बुढीगंगामा १३ हजार ६ सय ५९  जना मतदातामध्ये नाै हजार एक सय २८ अर्थात् ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः चुनाव गरेको हो ।

बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । 
 

सुझावित समाचार