बढुवा भएका १७ डिआइजीको पदस्थापन

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

शुक्रबार बढुवा भएका नेपाल प्रहरीका १७ डिआइजीको  गृह मन्त्रालयले आइतबार पदस्थापन गरेको छ । बढुवा भएकामध्ये चारजनालाई प्रदेश प्रहरी प्रमुखमा पठाइएको छ । 

सुदीप गिरीलाई प्रदेश नम्बर १, किरण बज्राचार्यलाई बागमती प्रदेश, रामदत्त जोशीलाई गण्डकी, पोषराज पोखरेललाई कर्णाली प्रदेशमा पदस्थापन गरिएको छ । ती प्रदेशमा नेतृत्व रिक्त थियो । 

त्यस्तै, वसन्तबहादुर कुँवरको कार्यविभाग, टेकप्रसाद राईको प्रहरी महानिरीक्षकको सचिवालय, अशोक सिंहको विशेष ब्युरो, दीपक थापाको प्रबन्ध निर्देशनालय, श्यामलाल ज्ञवालीलाई साइबर ब्युरोमा खटाइएको छ । 

सन्दीप भण्डारीलाई प्रदेश समन्वय विभाग, मीरा चौधरीलाई महिला, बालबालिका निर्देशनालय, टेकबहादुर तामाङलाई अख्तियार, उमेशराज जोशीलाई अपराध अनुसन्धान विभाग, भीमप्रसाद ढकाललाई योजना विकास निर्देशनालय, बुद्धिराज गुरुङलाई प्रहरी एकेडेमी, दुर्गा सिंहलाई सिआइबी र किरण राणालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

See More On

सुझावित समाचार