त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने को–को थिए ?

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

को–को थिए घटनामा संलग्न ?

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथिको सांघातिक आक्रमणका मुख्य योजनाकार नेपाल विद्यार्थी संघ विश्वविद्यालय इकाइका अध्यक्ष हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावल हुन् । उनीहरूले परिचालन गरेका रूपेश साह, रविनकुमार लामा, नीरज रानामगर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा आक्रमणमा संलग्न थिए ।

रूपेशले प्रहरी र सरकारी वकिलको कार्यालयमा दिएको साबिती बयानमा यसको पुष्टि गरेका छन् । २० असोजमा उनीहरूले चलाउनेमाथि बाटो ढुकेर त्रिविपरिसरभित्रै सांघातिक आक्रमण गरेका थिए । २६ असोजमा उनीहरूविरुद्ध प्रहरीमा मुद्दा परेको थियो ।

आचार्य र रावल फरार भएका थिए भने अन्य पाँचजनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो । जिल्ला अदालतले गत वर्ष थुनछेक बहसपछि सबैलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

सुझावित समाचार