काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक छायांकन स्टुडियो निर्माणका लागि डिपिआर तयार भएको छ । चलचित्र विकास बोर्डको २२औैँ वार्षिकाेत्सवका अवसरमा यसबारे जानकारी गराइएको हो ।
बोर्डका सदस्यसचिव टंकबहादुर महतले बोर्डको कार्यालय चाबहिलमा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै यस्तो जानकारी दिएका हुन् । उनले वातावरणीय प्रभाव मूल्यांकन र डिपिआर तयार भई जग्गा प्राप्तिको प्रक्रियामा रहेको जानकारी दिए ।
‘सुविधासम्पन्न छायांकन स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याउन वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तथा डिपिआर तयार भई जग्गा प्राप्तिको प्रक्रियामा रहेकोछ । नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत रहेको यस कार्यक्रमका लागि मन्त्रालयबाट बजेट विनियोजनसमेत भएको छ,’ उनले भने ।