एक लाख ५४ हजार ९४६ मत गन्दा बालेनलाई १९ हजार मतको अग्रता

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको हालसम्मको मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५१ हजार एक सय ८५ मत प्राप्त गरेका छन्। एक लाख ५४ हजार नाै सय ४६ मत गन्दा अन्य उम्मेदवारको तुलनामा उनी १९ हजारभन्दा बढी मतले अगाडि छन्। 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३२ हजार ७९ मत पाएकी छिन् भने नेकपा एमालेका केशव स्थापितले ३१ हजार दुई सय ९२ मत ल्याएका छन्। काठमाडौं महानगरमा करिब एक लाख ९० हजार मत खसेकोमा हालसम्म एक लाख ५४ हजार नाै सय ४६ मत गणना भइसकेको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार